Spread the love

काठमाडौं । लोकदोहोरी गायिका सुशीला गौतमको नयाँ सांगीतिक प्रस्तुति ‘मोरे सैया’ सार्वजनिक भएको छ । सुशीला गौतम र खेम सेन्चुरीको संयुक्त स्वर रहेको गीतमा प्रेमभावसँगै नेपाली मौलिक संस्कृति र जीवनशैलीलाई प्रस्तुत गरिएको छ ।

नेत्र अर्यालको शब्द रचना रहेको गीतमा खेम सेन्चुरीले संगीत तथा हुकलाइन तयार गरेका हुन् । कुमार विश्वकर्माले रेकर्डिङ गरेको गीतको संगीत संयोजन एचबीएन किस्मतले गरेका छन् ।

सुनिल बीकेको निर्देशनमा तयार भिडियोमा गरिमा शर्मा र खेम सेन्चुरी मुख्य भूमिकामा देखिएका छन् । नेपाली मौलिक पहिरन र चितवनको सौराहाको प्राकृतिक तथा पर्यटकीय परिवेशलाई भिडियोमा समेटिएको छ । सौराहाको सुन्दर दृश्य र कलाकारको प्रस्तुतिले गीतको भावलाई थप जीवन्त बनाएको छ ।

गीतको छायांकन अनिल के. मानन्धरले गरेका हुन् भने सम्पादन प्रविन भट्टले गरेका छन्। गल्बन्दी प्रोडक्सनको प्रस्तुतिमा रहेको ‘मोरे सैया’ सुशीला गौतमको युट्युब च्यानलसहित विभिन्न डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको हो ।

गीतले प्रेम, मौलिकता र नेपाली संस्कृतिलाई संगीत तथा दृश्यमार्फत जोड्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्