Spread the love

बुटवल, २७ पुस ।
बुटवलमा जारी सातौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कालिका मानव ज्ञान माबि अंकतालिकाको शिर्ष स्थानमा रहेको छ । बुटवल उपमहानगरपालिका नगर खेलकूद बिकास समितिको आयोजनामा देविनगरस्थित एन्फा टेक्निकल सेन्टर खेल मैदानमा आईतबार भएको खेलहरुमा कालिका मानव ज्ञान माबि ८ स्वर्ण, ४ रजत, १ कास्य जितेको छ । यसैगरि न्यु होराईजन माबि ८ स्वर्ण, ३ रजत, १ कास्य जित्दै अंकतालिकाको दोस्रो स्थानमा छ । यसैगरि गार्गी एकेडेमी ३ स्वर्ण, ५ रजत र १ कास्य जित्दै तालिकाको तेस्रो स्थानमा रहेको छ ।

आईतबार भएको एथ्लेटिक्सका १८ वटा फिल्ड एण्ड ट्याकमध्ये कालिका मानव ज्ञान माबि ८ स्वर्ण, ४ रजत, १ कास्य तथा न्यु होराईजन माबि ३ स्वर्ण, १ रजत, १ कास्य जितेको हो । यसैगरि करातेतर्फ १२ स्वर्णका लागि भएको खेलमा न्यु होराईजन ५ स्वर्ण, २ रजत र २ कास्य तथा दीप ३ स्वर्ण, ४ रजत र ५ कास्य जितेको छ । प्रतियोगितामा भलिबल ,कबड्डी ,एथ्लेटिक्सतर्फ दौड, हाई जम्प, लङ्ग जम्प, सटपुट, ज्याभ्लिङ्ग थ्रो, मार्शल आर्टको विधाहरु कराँते, तेक्वान्दो प्रतियोगिताहरु भैरहेका छन । प्रतियोगितामा रनिङ शिल्ड विजेता विद्यालयले नगद २५ हजार राशी प्राप्त गर्नेछ भने उप विजेता र तृतीय हुने विद्यालयलाई समेत क्रमशः १५ हजार र १० हजार नगद राशीले सम्मान गरिने छ ।

यसैगरी छात्रा/छात्र भलिबल प्रतियोगितामा विजेता दुबै समूहलाई नगद १५ हजार, द्वितीय हुने समूहलाई ७ हजार ५ सय कबड्डी तर्फ पनि प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १५ हजार ७ हजार ५ सय र ३ हजार ५ सय नगद राशी प्रदान गरिने छ । प्रतियोगितामा ४२ विद्यालयबाट १६ सय बढी खेलाडीहरु प्रतिस्प्रर्धा गर्ने छन । गतवर्ष कालिका उपाधि विजेता समेत हो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्