Spread the love

बुटवल, ७ भदौ ।
राजयोगिनी दादी प्रकाशमणिज्यूको ९१ औँ पुण्य स्मृतिको अवसरमा नेपालका १३ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘ज्ञान पान, योग ध्यान, रक्तदान’ भन्ने नारासहित विश्व नव निर्माणका लागि आध्यात्मिक जागरण अभियानअन्तर्गत भएको रक्तदान महाअभियानमा ३१०६ पिन्ट रगत संकलन भएको छ ।

कार्यक्रम अन्तरगत सबैभन्दा धेरै काठमाण्डौमा १६७७ पिन्ट, बिराटनगरमा ३०४, बुटवलमा १३१ पिन्ट रगत संकलन भएको छ । कार्यक्रममा युवाहरुको उत्साहपूर्ण सहभागीता रहेको थियो ।

रक्तदानका माध्यमबाट मानव सेवासँगै विश्व बन्धुत्व र सामाजिक सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको ब्रह्माकुमारीज नेपाल, समाज सेवा प्रभाग, क्षेत्रीय कार्यालय बुटवलले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्