Spread the love

काठमाडौँ,२ भदौ ।

मृत्यु भएका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन र नामावली अद्यावधिक गर्न निर्वाचन आयोगले सम्बन्धित परिवारका सदस्य तथा सरोकारवालालाई आग्रह गरेको छ ।

आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै आयोगले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा अद्यावधिकको कार्य गर्दै आएको जनाएको छ ।

मतदाताको मृत्यु भएपछि एकाघर परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा सूचना दिई नाम हटाउन सक्ने व्यवस्था रहेको उल्लेख गरेको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्