काठमाडौ, ३० साउन ।
नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा बसले पार्किङ गरेर राखिएको ईभी माइक्रो भ्यानलाई शुक्रबार बिहान ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
बा.प्र.०८–१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडक अगाडि रोकिराखेको बा.प्र.३–००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
ठक्करपछि बस र ईभी भ्यान सडकबाट करिब ३०÷४० मिटर तल भिरमा खसेको थियो । मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ की करिब ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछापको ठाडादेवी गाउँपालिका–२ की करिब ६५ वर्षीया उदयमाया खत्री रहेको प्रहरीले जनाएको छ ।





















