Spread the love

बुटवल, ३० साउन ।
समुदायमा रचनात्मक कार्य गरेर आफनो बेग्लै पहिचान बनाएको जि ट्वाईन्टी फाईभ क्लबको आयोजनामा शनिबार बुटवलमा वृहत वृक्षारोपण कार्यक्रम गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ११ को नवनिर्मित वडा कार्यालय परिसरमा विभिन्न जातका बिरुवाहरु वृक्षारोपण गरिएको हो ।

कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले निमार्ण सम्पन्न भएर सेवा शुभारम्भ गरिएको वडा कार्यालय परिसरमा उपयुक्त समयमा महत्वपूर्ण काम क्लबबाट भएको बताए । सबैभन्दा ठूलो वडा भएको हुदा पनि दैनिक ठूलो संख्यामा कार्यालयमा आउने सेवाग्राहीलाई सतलता र विश्राम गर्न मिल्ने उपयुक्त जातका बिरुवाहरु रोपिएको उनले बताए । यसबाट वडालाई हरियाली र सौन्दर्यीकरण बनाउन सहयोग मिल्ने उनले बताए ।

कार्यक्रममा वडा नं ४ वडाअध्यक्ष नरेश्वर शर्मा पौडेल, समाजसेवी बाबुराम अर्याल, क्लबका संरक्षक प्रेम प्रसाद पाण्डे, संस्थापक रमेश कुमार जोशी, निवर्तमान जगदिश न्यौपाने, सचिव मिलन कुमार भारी लगायत समाजसेवीहरु कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा क्लबका अध्यक्ष सज्जन कुमार भारीले सुन्दर बुटवल, हरियाली बुटवल बनाउने अभियानमा साथ दिदै विगतबाट नै वृक्षारोपण कार्यक्रम गरिएको बताए । यसअघि होराईजन चोक, नबिन स्कुल अगाडी, राजमार्ग चौराह, देविनगर लगायत बुटवलका विभिन्न स्थानमा वृक्षारोपण भएको भन्दै उनले वृक्षारोपणसंगै तारबार र हेरचाहमा उत्तिकै ध्यान दिदा हुर्किएको बताए । यसका साथै समुदायमा रक्तदान, खेलकुद र तीज मिलनजस्ता गतिविधिमा समेत क्लब अग्रसर रहेको उनले बताए ।

कार्यक्रमका संयोजक सुनिल शाहाले सहि क्षेत्रको पहिचान गरि वृक्षारोपण गरिएको बताए । आफनै वडा परिसरलाई सुन्दर बनाउने गरि सानो पहल थालेको उनले बताए । शनिबार कपुर, धुपिसल्ला, आप, लिचि, स्वस्तिक लगायतका २२ बिरुवाहरु लगाईएको छ ।

भिडियो रिर्पोट

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्