बुटवल, २५ पुस । नेपाल औषधी ब्यवसायी संघ रुपन्देहीले आफना सदस्य ब्यवसायीहरुलाई लक्षित गरि एक दिने क्षमता अभिवृद्धि तालिम तथा वृहत भेला सम्पन्न गरेको छ । कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेबी अर्यालले उद्घाटन गर्दै स्वस्थ्यको हबका रुपमा बुटवल विकास भएको बताईन । यहा रहेका स्वस्थ्यसंग सम्बन्धित ब्यवसायलाई ब्यवस्थित गर्दै लैजान स्थानिय सरकार सधै साथ रहेको उनले बताईन ।
कार्यक्रममा केन्द्रिय वरिष्ठ उपाध्यक्ष राम प्रसाद खरेल, पूर्व केन्द्रिय अध्यक्ष बाबुराम भट्टराई, प्रदेश अध्यक्ष लुकराज न्यौपाने, कानुनी सल्लाहकार युवराज घिमिरेले सहभागीहरुलाई औषधी र यसको बिक्रीवितरणमा आउने समस्या र उपायका बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा संघका खुद्रा उपाध्यक्ष नारायण थापाले बजारमा अस्वस्थ्य छुटको ब्यवस्थालाई रोक्ने, संस्थागत आपूर्तिमा सरकारबाट छाप अनिवार्य गर्ने, आर्युबेदिक र फुटसप्लिमेन्ट्री बिक्रीमा रहेको समस्या, दर्तामा स्थानिय सरकारबाट सहजिकरण गर्न सुझाव दिए ।
फोहोर ब्यवस्थापन लगायतका विषयमा तथा संघका थोक उपाध्यक्ष माधव खनालले औषधी ब्यवस्था विभागमा दर्ता नभएका औषधी पसलहरुलाई बिलिङ नगर्ने, होससेलले खुद्रा ब्यापार नगर्ने, नार्कोटिक, साईक्राईटिक औषधी बिक्रीमा ध्यान दिने, सिमामा झोले चिकित्सकहरुको समस्याका विषय उठान गरेका थिए । कार्यक्रममा सिए सगुण खनालले लेखा र कर नीति प्रशिक्षण दिएका थिए । कार्यक्रममा संघका अध्यक्ष खड्ग बहादुर बस्नेतले वार्षिक कार्ययोजना अनुसार संघमा आवद्ध ब्यवसायीहरुको दक्षता अभिवृद्धि गर्ने लक्ष्यसहित तालिम तथा प्रशिक्षणलाई जोड दिदै आएको बताए ।कार्यक्रममा जिल्लाका ३ सय बढी औषधी ब्यवसायीहरु सहभागी रहेको संघका महासचिव कृष्ण शर्मा पोखरेलले बताए ।






















