Spread the love

बुटवल, २६ पुस ।
बुटवलमा जारी टेपबल क्रिकेट च्याम्पियनसिप २०२६ मा राधाकृष्ण क्रिकेट क्लब र लुम्बिनी नव युवा क्लब विजयी भएका छन । बुटवल उपमहानगरपालिकाको सहयोग, टेप बल काउन्सिल अफ नेपालको समन्वयमा पृथ्वीनारायण शाह स्र्पोटस फाउण्डेसन बुटवलको आयोजनामा शुक्रबार भएको खेलमा राधाकृष्ण क्रिकेट क्लबलाई सान्या होलिडेस ट्राभल्सलाई ६२ रन तथा लुम्बिनी नव युवा क्लबले मर्निङ क्रिकेट क्लबलाई ४३ रनले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।

बुटवल रामनगरस्थित खेलमैदानमा भएको पहिलो खेलमा टस जितेर मर्निङ क्रिकेट क्लबले फिल्डिङ रोजे पछि ब्याटिङ गर्न मैदान प्रवेश लुम्बिनी नव युवा क्लबले निर्धारित १० ओभरमा ३ विकेटको नोक्सानीमा १२७ रन बनाएको थियो । लुम्बिनीका शेजाडले ५६ तथा सजन बिटालुले ४५ रनको योगदान दिए । मर्निङ क्रिकेटका पिन्टु साहनीले २ बिकेट लिए ।
मध्यम लक्ष्य पछयाएको मर्निङ क्रिकेटका ब्याटरहरु ९.२ ओभरमा केवल ८४ रनमो समेटियो । मर्निङ क्रिकेटका अमित यादवले २६ तथा दुर्गेश यादवले १८ रनमात्र जोडे । कम स्कोरमा रोक्न लुम्बिनीका सजन बिटालुले शानदार ४ बिकेट लिए । खेलमा उनि प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि दोस्रो खेलमा टस जितेर ब्याटिङ रोज्दै मैदान भित्रेको राधाकृष्णका ब्याटरहरुले निर्धारित १० ओभरमा ४ बिकेटको नोक्सानीमा १३० रन बनायो । राधाकृष्णका अप्सन नेपालीले ४७ तथा सम्राट थापाले २० रन जोडे । सनायाका विवस खातीले २ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको सनायाका ब्याटरहरु निर्धारित १० ओभरमा केवल ६८ रनमा समेटियो । सनायाका रोशन पौडेलले २२ रनबाहेक अन्य ब्याटर दोहोरो रन बनाउन सकेनन । राधाकृष्णको जितमा रन्जित खडकाले ४ तथा अरबाज खानले ३ बिकेट लिए । खेलमा रन्जित खडका प्लयेर अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने फाउण्डेसनका अध्यक्ष निरज प्रताप खाँडले बताए । यसैगरि प्लेयर अफ दी सिरिजलाई नगद १५ हजार एवं उत्कृष्ट ब्याटर, उत्कृष्ट बलरलाई नगद पाच पाच हजार रुपैया, कपबाट पुरस्कृत गरिने छ । प्रतियोगितामार्फत जिल्लामा टेपबल क्रिकेटको विकास र विस्तार गर्नुका साथै युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने लक्ष्य रहेको उनले बताए । पुस २७ गतेसम्म चल्ने प्रतियोगिता १० ओभरको फम्र्याटमा खेलाईएको छ । प्रतियोगितामा ग्राण्ड कस्मो लुम्बिनी, देबिनगर क्रिकेट क्लब, लुम्बिनी नव युवा, मर्निङ क्रिकेट क्लब, रोट्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देही, लुम्बिनी युथ क्लब, राधाकृष्ण क्रिकेट क्लब तथा सनाया होलिडेज ट्राभल्स लगायत आठ टिम सहभागी छन ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्