Spread the love

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा लुम्बिनी प्रदेशमा वर्षा सक्रिय हुने देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई भू–भाग नजिक रहेको छ। हाल देशभर सामान्यतया बदली रहेको छ भने बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा समेत वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली भू–भागका केही स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भाग, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। मधेश प्रदेशका धेरै स्थानमा समेत वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागसँगै लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ ।
भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै पहिरो, डुबान र सडक यातायातमा अवरोध आउन सक्ने भएकाले सम्भावित जोखिम भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्