Spread the love

बुटवल, २३ पुस ।
फुटसल खेलप्रति युवाहरूको बढ्दो आकर्षणलाई मध्येनजर गर्दै दोस्रो स्वर्णिम फुटसल प्रतियोगिता २०८२ आयोजना हुने भएको छ । प्रतियोगिता बुटवलमा माघ ९ र १० गते सञ्चालन हुने आयोजकले जनाएको छ ।

युवा खेलाडीहरूलाई प्रतिस्पर्धात्मक प्लेटफर्म प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा विजेता टिमले नगद ३० हजार रुपैयाँ र उपविजेता टिमले नगद २० हजार रुपैयाँसहित ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक प्रकाश पुनले बताए । साथै प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कार गरिने उनले बताए ।

फुटसल खेलले युवाहरूलाई शारीरिक रूपमा सक्रिय राख्नुका साथै खेलकुदमार्फत अनुशासन र नेतृत्व विकासमा सहयोग पुग्ने उनको दाबी छ । आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित र वृहत रुपमा आयोजना गर्ने योजना रहेको उनले बताए । प्रतियोगितामा दुई दर्जन बढी टिमले भाग लिने अनुमान आयोजकको रहेको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्