Spread the love

काठमाडौं ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनसिप २०२६ मा नेपालको टिम लगातार दोस्रो हार बेहोरेको छ ।इस्लामावादस्थित लियाकत व्यायामशालामा बिहीबार सम्पन्न दोस्रो खेलमा श्रीलंकासँग नेपाल ३–२ को सेटमा पराजित भएको हो । योसँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ । नेपाल पहिलो खेलमा काजकिस्तानसँग ३–२ को सेटमा पराजित भएको थियो ।

निकै नै रोमाञ्चक खेलमा नेपालले पहिलो सेट २५–१८ ले गुमाएको थियो । तर, त्यसपछिका दुई सेट २१–२५ र १९–२५ ले आफ्नो बनायो । योसँगै नेपालले खेलमा १–२ को अग्रता बनाएको थियो । तर, चौथो सेट २५–२१ ले सुम्पिन पुग्दा खेल पाँचौं सेटमा धकेलियो । उक्त अन्तिम सेटमा भने श्रीलंकाले सानदार खेल प्रदर्शन गर्दै १५–१० को जित निकाल्न सफल भयो । नेपालले अब आफ्नो तेस्रो खेलमा शुक्रबार आयोजक पाकिस्तानसँग खेल्नेछ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्