Spread the love

बुटवल, २३ पुस ।
लोक सेवा तयारीको कक्षा संचालन गर्दै आएको चैतन्य एकेडेमी नेपाल शाखा कार्यालय बुटवलको प्रथम स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरि मनाईएको छ । मेघा ट्रेडिङ ईन्टिच्युट र करियर गाईडको सहकार्यमा चैतन्य एकेडेमी नेपालको आयोजनामा बुधबार कार्यालय परिसरमा रक्तदान कार्यक्रम गरिएको हो ।सामाजिक उत्तरदायित्व अन्तर्गत मंगलबार स्थानिय संघसंस्थाहरुको सहकार्यमा वृहत सरसफाई समेत गरिएको चैतन्य एकेडेमी बुटवलका ब्यवस्थापक दीपक ढकालले बताए ।

कार्यक्रमको एक समारोका बिच राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश बुटवलका कार्यालय प्रमुख सन्तोष आचार्य, नेपाल रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री, नेपाल ढकाल समाज प्रतिष्ठानका अध्यक्ष टिकाराम ढकालले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गर्दै शुभारम्भ गरे । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश बुटवलका कार्यालय प्रमुख सन्तोष आचार्यले मानव अधिकार र रक्तदानको विषयमा चर्चा गरे ।

यसैबिच स्थापना दिवसको अवसरमा बुटवलमा महिलाहरुबाट संचालित रेडियो मुक्तिलाई एक थान कम्प्युटर हस्तान्तरण गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश बुटवलका कार्यालय प्रमुख सन्तोष आचार्य, नेपाल रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री, चैतन्य एकेडेमी बुटवलका ब्यवस्थापक दीपक ढकालले रेडियोकी स्टेशन म्यानेजर कल्पना तिवारीलाई सहयोग हस्तान्तर गरेका छन । एकेडेमीमा नासु, खरिदार, शाखा अधिकृत, बैकिङ, शिक्षक सेवा, असाई तयारी कक्षा र उपसचिवसम्म हप्ताको ३ दिन नमुना परिक्षा संचालन हुदै आएको छ । यसअघि काठमाडौं जानुपर्ने बाध्यता समेत हटेको चैतन्य एकेडेमी बुटवलका ब्यवस्थापक दीपक ढकालले बताए।नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा ३५ युनिट रगत सङ्कलन भएको ब्यवस्थापक ढकालले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्