Spread the love

पोखरा, २५ असार ।
पोखरामा सम्पन्न ११ औँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप–२०८३ मा दाङ च्याम्पियन बनेको छ। प्रतियोगितामा दाङले ८ स्वर्ण, ४ रजत र ३ कास्य पदकसहित प्रथम स्थान हासिल गरेको हो ।

प्रतियोगितामा रुपन्देहीले ५ स्वर्ण, ३ रजत र २ कास्यपदकसहित दोस्रो स्थान हासिल गरेको छ। आयोजक कास्की ३ स्वर्ण र ३ रजत पदकसहित तेस्रो स्थानमा हासिल गरेको छ। प्रतियोगितामा उत्कृष्ट महिला रेफ्रीको सम्मान रुसिका क्षेत्री र उत्कृष्ट पुरुष रेफ्रीको सम्मान विशाल थापालाई प्रदान गरिएको आयोजकले जनाएको छ।

एक कार्यक्रमका बिच गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपाली, गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भिम बहादुर कार्की, बसन्ता बुढामगर, नेपाल हाप्किडो संघका अध्यक्ष काली बहादुर घर्तिमगरले पुरस्कार वितरण गरे ।

राष्ट्रिय प्रतियोगिताबाट खेलाडीबीच स्वस्थ प्रतिस्पर्धा, अनुशासन र खेलभावनाको विकास गर्नुका साथै राष्ट्रिय एकतालाई थप मजबुत बनाउँदै नेपालमा हाप्किडो खेलको प्रवद्र्धन, विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने नेपाल हाप्किडो संघका अध्यक्ष काली बहादुर घर्तिमगरले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्