चितवन , १७ असार । वर्षातको समयमा हुने दुर्घटनालाई मध्यनजर गर्दे चितवन राष्ट्रिय निकुञ्ज भित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने भएको छ ।
वर्षातको समयमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुने जस्ता कारणले पर्यटकलाई सफारी सेवामा हुने असहजतालाई मध्यनजर गर्दे निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले अर्को सूचना नगरिएसम्मका लागि सफारी सेवा बन्द गरिएको बताएका छन् ।
निकुञ्जभित्र हुने सफारी रोकिए पनि सामुदायिक वनहरूमा हुने सफारी भने सञ्चालन हुने सूचना अधिकारी थापाले बताए । चितवनको सौराहा, कसरा, मेघौली, माडी र नवलपरासीका विभिन्न ठाउँबाट जीप व्यावसायिक सफारीका लागि निकुञ्ज प्रवेश गर्ने गर्दछ ।





















