Spread the love

विराटनगर, १० असार ।

मोरङ प्रहरीले विराटनगर महानगरपालिका–१ स्थित परोपकार घाटमा सार्वजनिक स्थलमा अश्लील गतिविधि गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार राति करिब १२ः३० बजे दाहसंस्कार गरिने सार्वजनिक स्थल परोपकार घाटमा केही व्यक्तिहरू भेला भई होहल्ला गर्दै अश्लील हर्कत गरिरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो ।

घटनास्थलबाट चार जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जिलला प्रहरी कार्यालयका सुचना अधिकारी प्रनाउ मकेन्द्र कुमार मिश्रले बताए । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–१ का ४४ वर्षीय शुरेन्द्र मणि मण्डल, रामधुनी नगरपालिका–६ का २५ वर्षीय कैलाश ढुङ्गाना, भोजपुर रामप्रसाद राई गाउँपालिका–६ का १८ वर्षीय मानिष काफ्ले तथा विराटनगर महानगरपालिका–४ का ४४ वर्षीय छविलाल घिमिरे रहेका छन् ।

प्रहरीका अनुसार सार्वजनिक मर्यादा र सामाजिक शिष्टाचारविपरीत गतिविधि गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्