बुटवल, ७ असोज ।
विश्व शान्ति र आध्यात्मिक ज्ञान प्रदान गर्दै आएको बह्मकुमारी ईश्वरीय विश्वविद्यालय नेपालले विश्व नवनिमार्णको नया अभियान अघि सारेको छ । आध्यात्मिक जागृतिद्घारा विश्व नव निर्माण–२०८३ अभियानलाई सोमबार बुटवलमा औपचारिक सार्वजनिक गर्ने भएको छ ।
बह्माकुमारी ईश्वरीय विश्व विधालय नेपाल क्षेत्रिय कार्यालयमा आईतबार पत्रकार सम्मेलनमा बह्मकुमारी ईश्वरीय विश्वविद्यालय नेपाल तथा उत्तर पूर्वी भारत क्षेत्रका संयोजक परिणिता दिदिले आध्यात्म धर्म नभई एउटा बिचार भएको बताईन । जिवनको अन्तरनिहित मुल्यमान्यता, संस्कृति, सभ्यतालाई उतार्ने काम यसबाट हुने उनको भनाई छ । अझ आध्यात्म खासमा दृष्टिकोणमा परिवर्तन ल्याउनु, कर्ममा परिवर्तन आउनुजस्ता भएको उनले बताए । ‘यसले समाज परिवर्तन गर्न सकिन्छ ।’–उनले भने । स्व परिवर्तनबाट विश्व परिवर्तन गर्न सकिने उनको तर्क छ । । ज्ञान भनेको मन्त्र नभई जिवन मर्यादित बनाउन सिकाईने विधि भएको उनले बताए । मिडिया समाजको आँखामात्र नभई बिचार पनि भएको उनको भनाई छ ।
यता ४३ वर्षदेखि बह्मकुमारीमा आवद्ध तथा आबू भारतमा ३८ वर्षदेखि सेवा दिदै आएका माउण्ट आबू भारतका मिडिया विभागका प्रमुख तथा सम्पादक डा गंगाधर भाईजीले मानवजीवनका लागि मेडिटेसनको महत्व बारे प्रकाश पारे । अरुको खबर मेशिन झै दिने पत्रकारहरुको जिवनशैलीलाई थप सशक्त बनाउन विभिन्न कार्यक्रम जरुरी रहने बताए । आफ्नै जिवनको बारेमा ज्ञान लिन मेडिटेसन महत्वपूर्ण हुने उनले बताए । यसबाट रिफ्रेस, रिचार्ज र अगाडी बढ्न मद्त मिल्ने उनले बताए । पत्रकार पेशामा रहेकाहरुलाई थोरै समयभएपनि शान्तिको क्षण पाउन सके धेरै फाईदा मिल्ने उनले बताए ।
यो पेशा अर्काको आवाज बन्ने मजबुत पेशा र सामाजिक कार्य भएको हुदा पनि यसमा धेरै कठिनाई रहने उनले बताए । पत्रकारिता र पवित्रताका रुपमा रहेको तर्क दिदै उनले त्यसैकारण पनि संचारलाई चौथो पिलरका रुपमा मानिन्छ । जिम्मेवारी प्रति जागरुक बनाउन समेत यसको महत्व रहेको भन्दै यहा दिईने राजयोग मेडिटेसन फरक भएको उनले बताए । समाजसंग मात्र नभई स्वयं आफुसंग जोड्ने पनि यो विधि भएको उनले बताए । अन्तरजगत हुदै परमात्मा वा परमजगतसंग जोड्न सकिने उनले तर्क दिए ।
कार्यक्रममा बह्मकुमारी ईश्वरीय विश्वविधालय नेपालका उपाध्यक्ष कमला दिदिले आफुहरु अब मिडिया शाखा स्थापना गरेर समुदायस्तरमा सेवा र सुचना दिन चाहेको बताए । केहीसमय अघि पोखरामा युवा शाखा समेत खुलेको उनको भनाई छ । युवा वर्गमा संस्कार, संस्कृति र नैतिकता सिकाउन धेरै जरुरी रहेको तर्क दिदै उनले यो अभियानमा समेत आफुहरु लागेको बताईन ।
कार्यक्रममा बह्मकुमारी महासचिव सैलेशराज बराल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेय, वरिष्ठ पत्रकार डा.बालकृष्ण चापागाई, नेपालका लागि मिडिया विभाग प्रमुख कृष्ण बहादुर रानाभाट, संस्थाका केन्द्रिय सदस्य नारायण भाईजीले शारिरिक, मानसिक, बौद्धिक, धार्मिक र आध्यात्मिक ब्यक्तित्व बारे प्रकाश पार्दै यसमध्येमा आध्यात्मिक अहिलेको आवश्यकता भएको बताए । सिन्धप्रान्तमा स्थापना भएर माउण्ट आबूमा स्थापित भएको छ । समाजमा मानविय नैतिकता, मुल्यमान्यता सिकाउदै र बुझाउदै आएको छ। १४० भन्दा बढि राष्ट्रमा राजयोग शिक्षा र सेवा दिदै आएको छ । अहिले भारतमा २५ विभागहरु गठन गरेर अग्रसर रहेको छ । नेपालमा पनि केन्द्रिय बैठकबाट भर्खरमात्र ६ वटा विभागहरु गठन भएको छ ।





















