बुटवल, ७ असार ।
१२ औ अन्तराष्ट्रिय योग दिवस बुटवलमा मनाईएको छ । सुनौलो बिहानी फुर्तिलो समुहको आयोजनामा आईतबार रामनगरस्थित विपि कोईराला बाटिकामा वृहत योग तथा सम्मान कार्यक्रम गरि मनाईएको हो । दिवसको अवसरमा विशेष कार्यक्रम गरि मनाईएको समुहका अगुवा तथा अध्यक्ष अनन्तमान थैवले बताए । विगत सात वर्षदेखी सिद्धेश्वर खेलमैदानमा निरन्तर योग साधना सिकाईदै आएको उनले बताए ।
सो स्थानमा बुटवलका विभिन्न क्षेत्रबाट सहभागी आएर निशुल्क कक्षा लिने गरेको उनले बताए । शहरी जिवनशैलीमा रहेका मानिसहरुलाई दैनिक एक घण्टा शारीरिक ब्यायाम गर्ने गरि जुम्बासहितको योग कक्षा निक्कै लाभदायक भएको उनका दाबी छ । कतिपय अनिद्रा, डिप्रेसन, मधुमेह र उच्च रक्तचापका बिरामीहरुलाई यो ब्यायाम फलदायी रहेको उनले उदाहरण दिए ।
कार्यक्रममा विपि बाटिका प्रतिष्ठानका अध्यक्ष युवराज गिरिले सबैको साझा बाटिकामा कार्यक्रम गरे पर्यटन प्रवद्र्धन हुने गरि महत्वपूर्ण कार्यप्रति विशेष आभार ब्यक्त गरे । सिद्धेश्वरी टोलकी शान्ता देवकोटा, किरण आले, कुश बहादुर गुरुङ, शोभित श्रेष्ठ, शंकर गिरि लगायतलाई सम्मान गरिएको थियो । दैनिक २ सय सहभागी हुने गर्दछन । पछिल्लोसमय स्वास्थ्यप्रति सचेत भएका धेरै मानिसहरु योगसाधनामा लागेका छन । बुटवलमा सिद्धेश्वर मैदान, देविनगरको लुम्बिनी वाणिज्य क्याम्पस, मणिमुकुन्द सेन उद्यान फुलबारी, योगीकुटी लगायत स्थानमा विभिन्न समुहबाट नियमित योग अभ्यास गराईदै आएको छ ।





















