Spread the love

चितवन,७ असार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन आजदेखि चितवनमा सुरू हुँदैछ । महाधिवेशनको दिउँसो १ बजे पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहेका पार्टीका वरिष्ठ नेता बालेन शाहले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

पार्टी स्थापनाको ४ वर्षपछि रास्वपाको पहिलो महाधिवेशनमा ३ हजार ९१८ प्रतिनिधि रहनेछन् । महाधिवेशनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दलका प्रतिनिधिहरूले शुभकामना मन्तव्य दिने बताईएको छ ।

सचिवालय सदस्य हरि ढकालका अनुसार ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने चार हजार ६३ वडामा अधिवेशन गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्