Spread the love

नवलपरासी (पश्चिम),  ६ असार 

नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। आज बिहान करिब ५ बजे काठमाडौँबाट त्रिवेणीतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०६६५ नम्बरको बसले चिसापानीमा यात्रु ओरालेर सडक मोड्ने क्रममा सोही दिशातर्फ आउँदै गरेको ना.५ ख १९०५ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका–६ निवासी ३० वर्षीया नेहा गुरुङ गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि चिसापानी अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा सोही स्थानका ३२ वर्षीय मदन क्षेत्री, बस चालक बर्दघाट नगरपालिका–४ निवासी ४८ वर्षीय लक्ष्मण ज्ञवाली तथा प्रतापपुर गाउँपालिका–९ निवासी ३५ वर्षीय दिनानाथ चौधरी घाइते भएका छन्। घाइतेमध्ये चालक ज्ञवालीलाई थप उपचारका लागि रुपन्देहीस्थित देवदह मेडिकल कलेज रिफर गरिएको छ भने अन्य दुई जनाको चिसापानी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार बसमा सवार १५ यात्रुमध्ये ११ जना सकुशल रहेका छन्। दुर्घटनापछि ट्रक चालक धादिङको सिद्धलेक गाउँपालिका–३ निवासी २३ वर्षीय विष्णु थापा मगरलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्