बुटवल,५ असार । पारदर्शी सरोकार समूह बुटवलले भ्रष्टाचार न्युनिकरण तथा सदाचार प्रवद्र्धन सम्बन्धमा सचेतना तथा अभिमूखिकरण कार्यक्रम बुटवलमा सम्पन्न गरेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसंग आबद्ध संस्था पारदर्शी सरोकार समूह बुटवलले शुक्रबार एक कार्यक्रमको आयोजना गरि बुटवलका विभिन्न क्याम्पसमा आवद्ध विद्यार्थीहरुलाई सुशासन र सदाचार प्रवद्र्धनका लागि सचेतना प्रदान गरेको हो ।
कार्यक्रमा बुटवल उपमहानगरपालिकाका उपप्रमूख सावित्रादेवी अर्यालले विद्यार्थीहरुलाई सदाचार र सुशासन सम्बन्धमा प्रशिक्षित र राष्ट्रप्रति जिम्मेवार बनाउन सकेमा भ्रष्टाचार निर्मुल पार्न सकिने बताईन् ।
कार्यक्रमा उच्च सरकारी वकिलको कार्यालय बुटवलका सहायक न्यायाधिवक्ता बसन्तराज पोखरेलले भ्रष्टाचार, भ्रष्टाचार न्युनिकरण, सदाचार प्रवद्र्धन र सुशासन कायम सम्बन्धमा कानुनमा भएका अभ्यास र गर्न सकिने कार्यहरुका बारेमा विद्यार्थीहरुलाई सहजिकरण गरेका थियो ।
पारदर्शी सरोकार समूहका अध्यक्ष लालहरि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका कार्यसमिति सदस्य महेन्द्रनारायण श्रेष्ठ, युवा प्रतिनिधि श्याम राना, पारदर्शी सरोकार समूह बुटवलका उपाध्यक्ष दीपक ढकाल विद्यार्थीहरु एम्स कलेजका अनु भण्डारी, कालिका क्याम्पसका समिर कार्की र सिर्जना केसी लगायतले आफ्नो धारणा राखेका थिए ।
।





















