काठमाडौं,५ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गरेको छ । परिक्षामा सहभागि कुल परीक्षार्थीमध्य ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षामा चार लाख १८ हजार १७० परीक्षार्थी सहभागी थिए । जसमध्ये नियमिततर्फ तीन लाख ३२ हजार २४१ र आशिंक तर्फ ८५ हजार ९२९ विद्यार्थी रहेका थिए । परिक्षा वैशाख १४ बाट २७ गतेसम्म सञ्चालन भएको थियो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1





















