Spread the love

भैरहवा, २६ जेठ ।
रुपन्देही क्रिकेट संघको ३० औ वार्षिक साधारण सभा पाचौ अधिवेसनबाट हरि बहादुर थापा पुनः अध्यक्षमा निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा कुल ११९ मत गणना हुँदा थापाले ६९ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी शक्ति गौचनलाई २० मत अन्तरले पराजित गरेका हुन् । गौचनले ४९ मत प्राप्त गरे ।

निर्वाचन परिणामअनुसार उपाध्यक्षमा खेमराज भुसाल ६९ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी सञ्जीव जोशीले ५० मत प्राप्त गरे । सचिवमा उदय कुमार मल्लिक ६८ मतसहित निर्वाचित हुँदा प्रथम पराजुलीले ५१ मत पाए ।

यस्तै, कोषाध्यक्ष पदमा धिरज अधिकारी क्षेत्री ७७ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी सत्यजित सरकारले ४१ मत प्राप्त गरे । महिला सदस्यमा उमा अधिकारी ७७ मतसहित निर्वाचित हुँदा आलिसा केसीले ४२ मत प्राप्त गरिन् ।

सदस्य पदमा प्रशान्त विक्रम मल्ल (८९), निरज प्रताप खाँण (७३), पुनित पोखरेल (६७), विजय सिंह ज्ञवाली (६४), अन्तिम थापा (५९), मनोज भण्डारी (५९), ज्वालेश प्रसाद प्रधान (५८), भुवन पाण्डे (५६) र ताराप्रसाद पाठक (५६) निर्वाचित भए । कृष्ण कुमार कुवँरले ५२ मत प्राप्त गर्दै अन्तिम विजयी सदस्यको रूपमा स्थान सुरक्षित गरे ।

निर्वाचनसँगै रुपन्देही क्रिकेट संघले नयाँ नेतृत्व पाएको छ । नवनिर्वाचित कार्यसमितिले जिल्लाको क्रिकेट विकास, खेलाडी उत्पादन तथा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै आगामी कार्यकाल अघि बढाउने अपेक्षा गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्