बुटवल,२५ जेठ । लुम्बिनीका प्रदेशका पाँचजना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश प्रमुखको कार्यालयमा सोमवार नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो । नयाँ नियुक्त मन्त्रीहरूमा एमालेबाट तुलसीप्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजीप्रसाद घिमिरे, रत्नबहादुर खत्री र खारेज भइसकेको दल जसपाबाट भण्डारीलाल अहिर रहेका छन् ।
चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, घिमिरेलाई स्वास्थ्य मन्त्रालय, खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1






















