बुटवल, २५ जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही जिल्लाको प्रथम अधिवेशनबाट महेन्द्र प्रसाद उपाध्याय चापागाईंको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति निर्वाचित भएको छ ।
अधिवेशनले चापागाईंलाई जिल्ला सभापतिमा निर्वाचित गर्दै आगामी कार्यकालका लागि नेतृत्वको जिम्मेवारी सुम्पिएको हो । नवगठित कार्यसमितिको उपसभापति दुर्गा प्रसाद खनाल, सचिव ज्ञानेन्द्र पाण्डे तथा सहसचिव बाबुराम अर्याल निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरूमा शर्मिला आचार्य, अनिता पन्थी, राजबहादुर क्षेत्री, रामनाथ हरिजन, जमुना सापकोटा, खडानन्द पौडेल, विष्णुप्रसाद पौडेल, छबिलाल शर्मा, विश्वनाथ शर्मा तथा शेषकान्त गैह्रे (समीर) रहेका छन ।
प्रथम अधिवेशनबाट जिल्ला कार्यसमितिसँगै निर्वाचन क्षेत्र समितिका पदाधिकारी तथा सदस्यहरू समेत चयन गरिएको बताइएको छ ।
नवनिर्वाचित जिल्ला सभापति चापागाईंको नेतृत्वमा रास्वपा रुपन्देहीले संगठन विस्तार, पार्टी सुदृढीकरण तथा जनतासँगको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।






















