काठमाडौं ।
नेपाल चलचित्र कलाकार संघको जेठ ३ गते सम्पन्न निर्वाचनबाट उत्तम केसी अध्यक्षमा निर्वाचित भएका छन । अन्तिम मतपरिणाम अनुसार केसीले २१६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन । उनको प्रतिस्पर्धी सविन श्रेष्ठले १३२ मत प्राप्त गरे ।
संघको उपाध्यक्ष पदमा शिवहरि बैरागी १४६ मतसहित विजयी भए भने महिला उपाध्यक्षमा पूजना प्रधान १४४ मत प्राप्त गर्दै निर्वाचित भएकी छिन ।
त्यस्तै महासचिवमा सुनील कटवाल १९५ मतसहित विजयी भए । सचिव पदमा गोपाल ढकाल २१४ मत प्राप्त गर्दै निर्वाचित हुदा कोषाध्यक्षमा तेजुला खतिवडा १४९ मतसहित विजयी भएका छन । सह–कोषाध्यक्ष पदमा पवन केसी १६१ मतसहित निर्वाचित भएका छन ।
सदस्य पदमा इन्द्रबहादुर लामा, चन्द्रकला दाहाल, चन्द्रकला राई, छुल्ठिम गुरुङ, जीवन थापा, दमन रुपाखेती, नवीनकुमार श्रेष्ठ, रश्मि भट्ट, श्रीदेव भट्टराई र सुलेमान विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
नवनिर्वाचित कार्यसमितिले नेपाली चलचित्र क्षेत्रका कलाकारहरूको हकहित, पेशागत सुरक्षा तथा चलचित्र क्षेत्रको विकासका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छन ।






















