Spread the love

बुटवल, ४ जेठ ।

सरकारको डोजर आतंक बिरुद्ध नेपाल भुमिहिन, सुकुम्बासी तथा अब्यवस्थित बसोबासी संघर्ष समिति शुद्धोधन गाउपालिकाले सोमबार वृहत बिरोध प्रदर्शन तथा स्थानिय पालिकामा ज्ञापनपत्र बुझाएका छन । शुद्धोधन गाउँपालिका भुमिहिन संरक्षण संघर्ष समितिको आयोजनामा गरिएको वृहत गाउँपालिका भेलामा सहभागीहरु प्लेकार्डसहित गाउपालिका अध्यक्ष विष्णु बश्याललाई ज्ञापनपत्र बुझाएको हो । गाउपालिकाबाट जारी भएको सुचना एक हप्ताभित्र अविलम्ब खारेज गर्न समेत उनिहरुले दबाब दिएका छन ।

रयालीमा सहभागीहरु बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा समितिका संयोजक पुण्यराम गौतमले संघिय सरकारको परिपत्र अनुसार १५ दिन भित्र जग्गा खाली गर्ने भन्ने जेठ १ गते सुचना आएको बताए । लालपुर्जा पाउने, किसानलाई सहजता हुने आश्वासन पाएर भोट खसालेको भएपनि त्यसको बिपरित सरकारको काम कारवाही अघि बढेको उनले दुखेसो गरे । जहा चल्नुपर्ने ठाउमा नचलेर गलत स्थानमा डोजर चलाउदा अहिले जनताहरु सडकमा उत्रन परेको उनले बताए । जनताको मन जितेर काम गर्ने सरकारमात्र टिक्ने उनले तर्क गर्दै यो सरकार फेरि जनताको टाउकोमा ऋण थप्ने काम शुरु गरेको आरोप लगाए । सरकारले चलाएको हरेक मुद्धाहरुबाट फिर्ता हुनुपरेको उनको दाबी छ ।

कोणसभामा अगुवा कोपिला सापकोटाले वर्षौदेखी जोतभोग गरेको जमिन अहिले आएर खाली गर्न सुचना आउदा त्रसित भएको बताईन । ‘हामीहरु पिडामा छौ । ’– उनले भनिन । गासबास कपासको अधिकार माग्न आफुहरु सडकमा उत्रेको उनले बताईन ।

मान बहादुर बुढाथोकीले शुद्धोधनका जनप्रतिनिधिहरुबाट दोहोरो रोल खेलेको आरोप लगाए । लामोसमयसम्म सुचना लुकाएर राखेर दाबी गर्दै अन्य पालिकाहरु संघिय सरकारको निर्देशन बिरुद्ध बोल्दा पनि शुद्धोधनका जनप्रतिनिधिहरुबाट कुनै प्रतिक्रिया नदिएको दुखेसो गरे । जनप्रतिनिधिहरुबाट गरिएको माईन्युड एक हप्ताभित्र अविलम्ब खारेज हुनुपर्ने उनले तर्क गरे । त्यो नभएर सबै जनताहरु मिलेर माईन्युड जलाईदिने उनले बताए ।

सुद्घोदन गाउपालिकामा ७ वडा रहेका छन । जहा १० हजार बढि सुकुम्बासी, अब्यवस्थित बसोबासीहरु रहेको अगुवा मोतिबहादुर थापा बताउछन ।

भिडियो रिर्पोट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्