Spread the love

बुटवल, ४ जेठ ।
लुम्बिनी प्रदेशस्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ को उपाधि दाङले चुमेको छ । दाङले सर्वाधिक २७ स्वर्णसहित कुल ५६ पदक जित्दै पहिलो हुन सफल भएको छ । दाङ लगातार दोस्रो पटक राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्न सफल भएको हो । दाङले २७ स्वर्ण, १७ रजत र १२ कास्य पदक जित्दा दोस्रो बनेको बाँकेले १० स्वर्ण, १२ रजत र १३ कास्यसहित ३५ पदक जितेको छ ।

रुपन्देहीले १० स्वर्ण, ६ रजत र ११ कास्य पदक जित्दै तेस्रो भएको छ । यसैगरि ८ स्वर्ण, ३ रजत र ६ कास्यसहित कुल १७ पदक जितेर कपिलवस्तुले चौथो, ३ स्वर्ण, ९ रजत र २० कास्यसहित कुल ३२ पदक जितेर बर्दिया पाँचांै भएको छ । अर्घाखाची प्रतियोगितामा पदकविहीन बनेको छ ।

दाङको बेलझुण्डी रंगशालासहित विभिन्न स्थानमा आयोजित प्रतियोगितामा विभिन्न विधामा कुल ६७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । जसमा दाङले एथ्लेटिक्समा ९, उसुमा ७, कराँतेमा ६ र तेक्वान्दोमा ५ स्वर्ण पदक, बाँकेले एथ्लेटिक्समा ६, तेक्वान्दोमा ३ र कराँतेमा १ स्वर्ण, रुपन्देहीले तेक्वान्दोमा ४, एथलेटिक्समा ३, कराँतेमा १, भलिवल (महिला)मा १ र कवड्डीमा १ स्वर्ण हात पारेको हो ।

प्रदेशबाट छनौट भएको टिम र खेलाडी राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको केन्द्रीय आयोजनामा सहभागी हुन्छ ।
तीन दिन चलेको प्रतियोगिताका विजेता टिम, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई लुम्बिनी प्रदेश खेलकूद मन्त्री सन्तोषकुमार पाण्डेले शिल्ड, ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्