Spread the love

बुटवल, २ जेठ ।
बुटवलमा सम्पन्न प्रथम वडा अध्यक्ष कप तेक्वाण्डो प्रतियोगिता २०८३ मा लुम्बिनी वल्र्ड स्कुल च्याम्पियन भएको छ । बुटवल उपमहानगरपालिका वडा नं ३ को सहयोगमा आरके तेक्वाण्डो एकेडेमीको आयोजनामा शनिबार सम्पन्न प्रथम वडा अध्यक्ष कप तेक्वाण्डो प्रतियोगिता २०८३ मा लुम्बिनी वर्डले ९ स्वर्ण, १० रजत र १४ कास्य जित्दै च्याम्पियन बनेको हो । यसैगरि प्रतियोगितामा लुम्बिनी बोर्डिङ दोस्रो तथा ज्ञानोदय माबि तेस्रो भएको छ ।

एक समारोहका बिच वडाअध्यक्ष बिष्णु प्रसाद ढकाल, लुम्बिनी वर्ड स्कुलका प्राचार्य बिष्णु प्रसाद लम्साल, जनप्रतिनिधि पवित्रादेवि श्रेष्ठ, समाजसेवी लकुश श्रेष्ठ, आरके एकेडेमीका अध्यक्ष राजकुमार पाण्डे, नारायण गौतमले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा वडाअध्यक्ष बिष्णु प्रसाद ढकालले विद्यार्थीहरु प्रतिभा प्रस्फुटन हुने गरि यस्ता कार्यक्रम निरन्तर गर्नुपर्ने बताए ।

प्रतियोगितामा पुम्सेतर्फ सिगल ८, १०, १२, १४ र १८ वर्ष उमेर समुह (छात्र/छात्रा) तथा स्पाइरिङमा २०–३० केजी तौल समुह (छात्र/छात्रा) मा भएको थियो ।

कान्ति माबि, स्कलर्स होम, अक्सफोर्ड बोर्डिङ स्कुल, लुम्बिनी वर्ड, लुम्बिनी बोर्डिङ स्कुल, ज्ञानोदय माबि लगायत ८ वटा विद्यालयका एक सय खेलाडीहरु प्रतियोगितामा सहभागी रहेका थिए ।

भिडियो रिर्पोट

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्