Spread the love

बुटवल, ३ जेठ ।
सरकारको डोजर आतंक बिरुद्ध नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीले आईतबार बुटवलमा शक्ति प्रदर्शन गरेको छ । सरकारले वैकल्पिक व्यवस्था नगरी सार्वजनिक जग्गा संरक्षणका नाममा डोजर आतकंक मच्चाएको भन्दै विरोध स्वरुप प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले प्रधानमन्त्री बालेन्द्र शाहा सरकार बिरुद्ध चर्चा नाराबाजी समेत गरेका थिए । उनीहरुले ‘बालेन सरकार मुर्दावाद’, ‘हाम्रो मत फिर्ता गर’, ‘डोजर आतंक बन्द गर’, ‘अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर’, ‘गाँस, बासको सुनिश्चित गर’, ‘डोजर होइन समाधान दे’, ‘सुकुम्बासी हुनु रहर होइन, बाध्यता हो’ लगायतका नारा लगाउँदै बिरोध प्रदर्शन गरेका थिए ।

बुटवल राजमार्ग चौराहाबाट सुरु भएको बिरोध प्रर्दशन ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । संघर्ष समितिले भोली बुटवलमा सुकुम्बासीहरुको राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ । सम्मेलनका लागि देशका २२ जिल्लाहरुबाट प्रतिनिधिहरु बुटवल आइसकेको संघर्ष समिति रुपन्देहीका सल्लाहकार विरेन्द्र विकले बताए ।

सम्मेलनले आगामी आन्दोलनको प्रारुप तयार पार्नुका साथै आन्दोलनलाई व्यवस्थित गराउन समिति समेत गठन गर्ने बताइएको छ । देशभर सुकुम्बासीहरुको आन्दोलनलाई सशक्त बनाएर निश्कर्षमा पुग्ने गरी आन्दोलनको प्रारुप तयार पारिने संघर्ष समितिका रुपन्देही संयोजक खगेन्द्र पौडेलले बताए ।

भिडियो रिर्पोट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्