Spread the love

बुटवल, १४ पुस ।
बुटवलमा जारी प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि जनज्योती युवा क्लबले चुमेको छ । युवा खेलाडी स्वर्गिय निशान न्यौपानेको स्मृतिमा गोर्खा ब्याईज स्पोर्टस क्लबको आयोजनामा सोमबार भएको फाईनलमा आयोजक गोर्खालाई २–० गोल अन्तरले पराजित गर्दै जनज्योतीले उपाधि हात पारेको हो । उपाधिसंगै जनज्योतीले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता गोर्खा ब्याईज भने नगद ३५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो ।

देविनगरथित एन्फा एकेडेमी खेलमैदानमा भएको खेलमा जनज्योतिको जितमा अस्मित शर्मा र बिजन सुर्यवंशीले गोल गरे । खेलमा जनज्योतीका अस्मित शर्मा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक जनज्योतीका सत्यम श्रेष्ठ, हाईस्कोरर जेजे एफसीका अस्मित शर्मा र विजन सुर्यवंशी तथा सर्वोत्कृष्ट खेलाडी गोर्खा ब्याईजका सदिप केसी घोषित हुदै पुरस्कृत भए ।

एक समारोहका बिच विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघका केन्द्रिय उपाध्यक्ष दीर्घ बहादुर केसी, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, स्वर्गिय न्यौपानेका बुबा राम प्रसाद न्यौपाने, मुख्य प्रायोजक एबिसि कन्सल्टेन्सीका म्यानेजिङ डाईरेक्टर रोशन कंडेल, रुपन्देही लन टेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारीले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा २० टिमले भाग लिएका थिए ।

 

 

 

 

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्