Spread the love

बुटवल, १२ पुस । पश्चिमान्चल पेट्रोलियम डिलर्स एशोसियसनको २० औ वार्षिक साधारणसभा तथा नवौ अधिवेसनबाट हिमाल गैरेको अध्यक्षतामा नया नेतृत्व सर्वसम्मत चयन भएको छ । जसको वरिष्ठ उपाध्यक्षमा हरिराम कशौधन, प्रथम उपाध्यक्ष रजनिशराज आचार्य, द्धितिय उपाध्यक्ष गोपाल प्रसाद बश्याल, महासचिव डांसिराम अधिकारी, कोषाध्यक्ष बिशाल गैरे, सचिव लोकप्रसाद भुषाल, सहकोषाध्यक्ष अभिषेक भारी, सहसचिव घनश्याम प्रसाद कान्दु, जिल्ला संयोजक सुनिल थापा (रुपन्देही), मोहमद असलम खान (कपलिबस्तु), राजेशकुमार गुप्त (नवलपरासी), ज्ञान प्रसाद भट्टराई पाल्पा स्याजा), डिलाराम न्यौपाने (गुल्मी अर्घाखाची, बाग्लुङ रुकुमपूर्व), सदस्य दिनेशकुमार कशौधन, सुखराम बर्मा सोनार, विजय कुमार जैसवाल, भरतजंग कुँवर, दुर्गा प्रसाद चापागाई, टंकप्रसाद न्यौपाने, तिलकमणि अधिकारी, नवराज भट्टराई, कम्पोटर पासी, वृजेन्द कुमार कशौधन, चुडामणी न्यौपाने, विजय कुमार बानिया रहेका छन ।

बुटवलमा एक कार्यक्रमका बिच नेपाल आयल निगमको कार्यकारी निर्देशक डा चण्डिका भट्टले औपचारिक कार्यक्रमको उद्घाटन गरेका छन ।

कार्यक्रममा बोल्ने बक्ताहरुले पेट्रोलियम पदार्थप्रति आम उपभोक्ताहरुको आशंकाहरु चिर्न संस्था निरन्तर लाग्नुपर्ने भन्दै वैज्ञानिक मुल्य निर्धारण, अनुगमन जस्ता गतिविधि बढाउदा पछिल्लोसमय पेट्रोलमा समस्या नदेखिएको दाबी गरे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्