Spread the love

बुटवल, १३ पुस ।
महिला समन्वय समिति, तिनाउ गाउँपालिका–१ कचलको आयोजनामा वडाभित्रका महिलाका लागि तीनदिने महिला प्रशिक्षण तालिम शनिबारदेखि कचलमा सुरु भएको छ ।

तालिममा महिला सशक्तिकरण, उद्यमशीलता, महिला हिंसाका कारण र रोकथामका उपाय, संस्कृति तथा सम्पदा संरक्षणमा महिलाको भूमिका, सञ्चारमा महिलाका मुद्दा, बालविवाहका कारण, रोकथाम र कानुनी सजायँ तथा समूहमा राखिने हिसाबकिताब, समूह दर्ता र नवीकरणसम्बन्धी विषयमा प्रशिक्षण दिइँदैछ ।

तालिममा सामाजिक अभियन्ता राजेश श्रेष्ठ, महिला अधिकारकर्मी सावित्रा राना, संरक्षणकर्मी दलबहादुर गुरुङ तथा वडा अध्यक्ष भुवानसिं चिदीले सहजीकरण गरिरहेका छन् ।

वडाका ठूलीउदाङ, झिंगामारा, ओखलढुंगा, काफलबारी, कचलफाँट, बुढीकोट र आरुखुदी गाउँका १९ वटा महिला समूहका अध्यक्ष, सचिव र कोषाध्यक्षहरूको सहभागिता रहेको महिला समन्वय समितिकी सचिव शान्ता खड्काले जानकारी दिइन् ।

महिला समन्वय समिति, तिनाउ–१ कचलको आयोजनामा तथा तिनाउ गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन भइरहेको तालिम सोमबारसम्म वडा कार्यालयमा सञ्चालन हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्