Spread the love

बुटवल, १३ पुस । लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । आइतबार लुम्बिनी प्रदेश परिषरमा विशेष समारोहको आयोजना गरि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साक्षर प्रदेशको औंपचारिक घोषणा गरेका हुन् । नेपाल सरकारले यूनेसको मापदण्डअनुसार १५ देखि ६० वर्ष उमेर समूहको ९५ प्रतिशत जनसंख्या साक्षर भएमा उक्त क्षेत्रलाई साक्षर घोषणा गर्ने व्यवस्था गरेको छ ।

साक्षर नेपाल घोषणा अभियान अन्तरगत १५ देखि ६० वर्ष उमेर समुहका ९५ प्रतिशत नागरिक साक्षर भएसंगै सिङ्गो प्रदेशलाई साक्षर घोषणा गरिएको हो । पढ्न लेख्न सक्ने,सामान्य गणना, दैनिक व्यवहार, बैंकिङ, मोबाइल प्रयोग, समय र मिति बुझ्न सक्ने सीपलाई साक्षरताको आधार मानिएको छ। संविधानको अनुसूची ८ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले माध्यमिक शिक्षा,अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रमको जिम्मेवारी स्थानीय तहलाई प्रदान गरिएको छ । प्रदेशका १२ जिल्लामा साक्षरता दर ९६ प्रतिशतभन्दा माथि रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्