Spread the love

बुटवल, १३ वैशाख ।
रुपन्देहीको बुटवल क्षेत्रमा सवारी साधनमा जडान गरिएका अनावश्यक फग लाइट तथा प्रेसर हर्न (सोली) हटाउने अभियान सञ्चालन गरिएको छ ।

आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म बुटवल उपमहानगरपालिका–३ चिडियाखोला क्षेत्रमा अभियानकै क्रममा करिब १५० वटा सवारी साधनमा जडान गरिएका फग लाइट र प्रेसर हर्न हटाउन लगाइएको छ ।

प्रहरी सहायक निरीक्षक मधुसुधन बन्जाडेको कमाण्डमा खटिएको टोलीले सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डमा सवारी साधनमाथि निगरानी गरेको हो । साथै चालकहरुलाई ट्राफिक नियमबारे आवश्यक सम्झाइबुझाइ गर्दै सचेतना समेत दिइएको थियो ।

प्रहरीका अनुसार यस्तो अभियानले ध्वनि प्रदूषण नियन्त्रण तथा सडक सुरक्षा मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिइने बताइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्