Spread the love

बुटवल, ११ वैशाख ।
शुक्रबारदेखी बुटवलमा शुरु भएको दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ मा शिवनगर युवा परिवारले विजयी शुरुवात गरेको छ । रोमान्चक खेलमा सयपत्री युवा क्लबमाथि शिवनगरले ३–० गोल अन्तरको जित निकालेको हो ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा भएको खेलमा शिवनगर खेलमा हाबी देखियो । रामनगरस्थित खेल मैदानमा स्थानिय अनुभवी खेलाडीहरुसहित मैदान उत्रेको शिवनगरको जितमा क्याप्टेन सुजन चिढीमगरले दुई तथा बिक्की थापाले एक गोल गरे । खेलको ३२ औ मिनेटमा शिवनगरका क्याप्टेन सुजन चिढीमगरले खाता खोले । खेलको ४५ औ मिनेटमा बिक्की थापा अर्को गरे । खेलको अन्तिम सुजन चिढिमगरले फ्रिकिकमार्फत गोल गरे । सयपत्रीका खेलाडीले डिबक्सबाहिर लडाएपछि पाएको फ्रिकिकलाई सदुपयोग गर्दै शानदार गोल गरे । खेलमा सुजन चिढिमगर खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

शनिबार आयोजक लखन ब्रदर्श र तिलोत्तमा–११, भूपूसैनिकका बिचमा खेल हुने क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । प्रतियोगिताको उपाधि विजेता टिमले नगद ३ लाख १ हजार १११ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उप विजेताले नगद १ लाख ५१ हजार १११ राशीसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरि विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार १११ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर तथा उत्कृष्ट मिड फिल्डरलाई जनही १० हजार १११ रुपैयाँ नगद राशी पुरस्कार प्रदान गरिने भएको छ ।

प्रतियोगिता सम्पन्न गर्न १९ लाख बढी खर्च अनुमान गरिएको क्लबका सचिव निरन्जन पन्तले जानकारी दिए ।
प्रतियोगितामा रुपन्देहीसहित नवलपरासी, पाल्पाका १२ टिमले सहभागिता रहेको क्लबका संरक्षक तथा प्रतियोगिताका संयोजक राम बहादुर थापाले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्