Spread the love

भैरहवा, ११ बैशाख ।
भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ मा न्यू होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लब विजयी भएका छन। शुक्रबार भएको खेलमा न्यू होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले तथा आयोजक खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकालेको हो।

सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको न्यू होराइजनले ७ विकेट गुमाएर २ सय ४८ रनको उच्च योगफल खडा गर्यो । जसमा ड्रस सुनारले ६६, अमर मिश्राले ५३, दिलसाद अलीले ३१ र आरिफ खानले १६ रन बनाए । डिभाइनका सुधीर श्रेष्ठले ३, नेलसन सुवेदी, रलेश चौरसिया, बालकुमार यादव, धुरेन्द्र पटेल र सुरज कलवारले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको डिभाईन १३.४ ओभरमा केवल ३९ रनमा समेटियो । डिभाईनका बालकुमार यादवले १० रनबाहेक अन्य खेलाडी दोहोरो अंकको रन जोड्न सकेनन। उसलाई सस्तैमा रोक्न होराइजनका सिव्रिन श्रेष्ठले ५, अलिसन अधिकारी, विप्रसन केसी, प्रिन्स पाल, तुलबहादुर थापा र महेश भरले समान १–१ विकेट हात पारे । खेलमा सिव्रिन श्रेष्ठ प्लेयर अफ द म्याच भए ।

शुक्रबार नै भएको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय २७ रन जोड्यो । जसमा निश्चल चौधरीले ३६, दुर्गेश गुप्ताले २०, सिभान्स कपुरले १६ र सरिक अली मुसलमानले १५ रन बनाए । सैनामैनाका यदु यादव र विशाल भुसालले ३–३, अनमोल श्रीले २ तथा कृष्ण पन्थी र सुशान्त क्षेत्रीले १–१ विकेट लिए ।
प्रतिउत्तरमा सैनामैना १३ ओभर ५ बलमा सबै विकेट गुमाएर ७५ रनमै समेटियो । उसलाई सस्तैमा रोक्न खुकुरीका उत्कर्ष यादव र बैतुल्लाह खानले ३–३, अजयकुमार चौहानले २ तथा प्रशान्त श्रीवास्तव र सिभान्स कपुरले १–१ विकेट लिए । सैनामैनाका अनमोल श्रीसले २२, विशाल भुसालले १९ र राज खनालले १० रन बनाए । खेलमा बैतुल्लाह खान प्लेयर अफ द म्याच भए ।

लुम्बिनी खुकुरी क्लब, भैरहवाको आयोजनामा जारी प्रतियोगितामा नेपालका १३ तथा भारतका ३ गरी कुल १६ टीमको सहभागिता छ । यही बैशाख १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टीमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक नन्दन श्रेष्ठले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्