Spread the love

काठमाडौं ,९वैशाख । सुदन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै नैतिकता र जनविश्वासलाई प्राथमिकता दिँदै पद त्याग गरेको जानकारी दिएका हुन् ।

गुरुङले २०८२ चैत २३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएको उल्लेख गर्दै आफ्नो कार्यकालमा इमान्दारीपूर्वक काम गरेको दाबी गरेका छन्। पछिल्ला दिनहरूमा आफ्नो सेयरलगायत विषयमा उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिएको उनले बताएका छन्।

उनले सार्वजनिक जीवन स्वच्छ, पारदर्शी र जवाफदेही हुनुपर्ने आवश्यकता औंल्याउँदै सम्भावित स्वार्थको द्धन्द्धलाई ध्यानमा राख्दै पदमा बसिरहन उपयुक्त नठानेको स्पष्ट पारेका छन्।

वक्तव्यमा उनले युवापुस्ताबाट उठिरहेको सुशासन र पारदर्शिताको मागलाई सकारात्मक रूपमा लिँदै आफूले नैतिक जिम्मेवारी पूरा गर्न राजीनामा दिएको उल्लेख गरेका छन्।
साथै, गुरुङले सञ्चारकर्मी, सर्वसाधारण र युवाहरूलाई सत्य, इमान्दारी र आत्मशुद्धिको बाटोमा लाग्न आह्वान गरेका छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्