Spread the love

काठमाडौं, ९ बैशाख ।

विहिबारदेखी काठमाण्डौमा शुरु हुने १० औँ एनभिए प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि एभरेष्ट महिला भलिबल क्लबले आफ्नो आधिकारिक टोली सार्वजनिक गरेको छ । नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगिताका लागि क्लबले अनुभवी तथा युवा खेलाडीहरूको सन्तुलित संयोजन सहितको टिम सार्वजनिक गरेको हो ।

युवा र अनुभवी खेलाडी मीना सुनारको नेतृत्वमा टोली यसपटक उपाधिको दाबेदारका रूपमा उत्रिने अपेक्षा गरिएको छ । तीन जना भारतिय खेलाडीहरु अमिथा कीकोथ, अनाघा राधाकृष्णन र केपी अनुश्रीसहित टिममा निशा चौधरी, निरुता नाथ, मोनिका थारु, आरती चौधरी (लिबेरो), ऋचा थापा (लिबेरो), ललिता बोहोरा, मनोरमा चौधरी, हिमलता जोशी रहेका छन ।

टिमको मुख्य प्रशिक्षकमा अर्जुन घिमिरे, सहायक प्रशिक्षक उदय मल्ल, टिम व्यवस्थापकमा शान्ति घिमिरे तथा फिजियो स्मारिका चौधरी रहेका छन । यसपटक अनुभवीसंगै युवा खेलाडीको मिश्रण हुदा उत्कृष्ट नतिजा आउने मुख्य प्रशिक्षक अर्जुन घिमिरेले खस्यौलीखबरलाई बताए । विहिबार एभरेष्टले आफनो पहिलो खेल विभागिय टोली नेपाल पुलिस क्लबसंग खेल्नेछ ।

भिडियो रिर्पोट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्