Spread the love

बुटवल, ५ बैशाख ।
रुपन्देहीमा नियमित फुटबल प्रतियोगिता हुने गर्छ । जहा दर्शकहरु टिकट काटेरै खेल हेर्न पुग्छन । बैशाख ११ गतेबाट शुरु हुने दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता भने दर्शकले निशुल्क हेर्न पाउने भएका छन । ११ दिन चल्ने सबै खेल निशुल्क हुने आयोजक लखन ब्रदर्श युथ क्लबका सचिव निरन्जन पन्तले बताए ।

बुटवलको रामनगर खेलमैदान मर्मत गरेर चिटिक्क पारिएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा लखन ब्रदर्श युथ क्लबले आयोजना गर्ने प्रतियोगिताको सबै तयारी पुरा भएको छ ।  एक महिनादेखी मैदान मर्मत तथा स्थाई स्टेज तयार गर्ने काममा अध्यक्ष खत्री आफै लागेका छन । पूर्वाधार मर्मतमा मात्रै करीब २ लाख रुपैया खर्च भएको छ ।

थोरैथोरै सहयोग जुटाएर क्लबले फुटबल खेलका दर्शकलाई निशुल्क खेल देखाउने लागेको छ । सामाजिक कार्यमा अग्रसर रहेको क्लब यस क्षेत्रका मैदानहरु मर्मत गर्न सधै तत्पर रहेको क्लबका अध्यक्ष सुदिप खत्री बताउछन । स्थानियको आग्रह आए मैदान बनाउन तयार रहेको उनी बताउछन । प्रतियोगिताको उपाधि विजेता टिमले नगद ३ लाख १ हजार १११ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उप विजेताले नगद १ लाख ५१ हजार १११ राशीसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिता सम्पन्न गर्न १९ लाख खर्च हुने अनुमान छ ।

प्रतियोगितामा रुपन्देहीसहित नवलपरासी, पाल्पाका १२ टिमले सहभागिता रहेको क्लबका संरक्षक तथा प्रतियोगिताका संयोजक राम बहादुर थापाले जानकारी दिए । आयोजकसहित सम्पूर्ण युवा क्लब सुपौली, देवदह ब्वाइज युवा क्लब, फर्साटिकर युवाक्लब, चाँदनी युवाक्लब दानापुर, योङ ब्वाइज खैरेनी, शिवनगर परिवार, तिलोत्तमा–११, न्यू युथ युनियन क्लब पाल्पा, सयपत्री युवा क्लब रामनगर, तारादल गण आर्मी, सुनवल एफसी सहभागी हुने भएका छन् ।

भिडियो रिर्पोट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्