Spread the love

बुटवल, ४ बैशाख ।
बुटवल उपमहानगरपालिकाभित्र संचालन भैरहेको ईरिक्सा चालकहरु आन्दोलनमा उत्रेका छन । नगरभित्र दर्ता नभएका ई–रिक्सा सञ्चालन रोक्न माग गर्दै बैधानिकता पाएका ई–रिक्सा चालकहरूले आन्दोलन सुरु गरेका हुन ।

चालकहरू विहिबार नगर परिक्रमा गर्दै उपमहानगरपालिकामा दबाबमुलक प्रदर्शन गरे । ई–रिक्सा चालकले दिनभर बुटवल बजारमा ठुलो संख्यामा रिक्सा प्रदर्शन गरेका थिए । दर्ता बिना सञ्चालनमा रहेका ई–रिक्साले अनावश्यक प्रतिस्पर्धा बढाएको र आफूहरूको रोजगारीमा असर परेको उनिहरुको दुखेसो छ । दर्ताबिनाका रिक्सा सञ्चालनमा रोक नलगाएसम्म आन्दोलन जारी राख्ने आन्दोलनरत हरियाली यातायातका अध्यक्ष इ रिक्सा चालक कृष्णप्रसाद तिवारीले बताए । यसअघि दर्ता भएका ई–रिक्सालाई मात्र सञ्चालन गर्न दिने सहमति भए अनुसार कार्यान्वयन गर्न उनले आग्रह गरे ।

दर्ता नभएका सवारी साधन सञ्चालन हुँदा नगरपालिकाको राजस्व गुमेको छ भने दुर्घटना समेत बढाएको छ । हाल बुटवलमा करिब १५४० ई–रिक्सा दर्ता भएका छन् । तर दर्ता नभएका ई–रिक्साको संख्या अझ धेरै रहेका छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्