बुटवल,३० चैत । दाङ–रुपन्देही सम्पर्क समाज रुपन्देहीले वार्षिक भित्तेपात्रो एक कार्यक्रमकाबीच विमोचन गरेको छ । नयाँ वर्ष २०८३ को पावन अवसरमा समाजले भित्तेपात्रो सार्वजनिक गरेको हो ।
समाजको भित्तेपात्रोले स्थानीय पहिचान, ऐतिहासिक स्थलहरु र नेपाली संस्कृतिलाई प्राथमिकता दिएको छ । क्यालेन्डरमा बैशाखदेखि चैतसम्मका विभिन्न चाडपर्व, बिदा, र महत्वपूर्ण ऐतिहासिक दिनहरुको विस्तृत विवरण समेटिएको छ । साथै, समाजले आफ्नो गतिविधिको फोटोहरु प्रस्तुत गरिएको छ ।
समाजले हरेक वर्ष नयाँ वर्षको अवसरमो भित्तेपात्रो निकाल्दै आएको समाजकी महासचिव तथा भित्तेपात्रो प्रकाशन समितिको संयोजक रमा सुवेदीले बताईन् । समाजले उक्त भित्तेपात्रो समाजका सदस्यहरु, स्थानीय तहका कार्यालयहरु र सामाजिक संस्थाहरुमा निःशुल्क वितरण गर्ने जनाएको छ ।
विमोचन कार्यक्रममा समाजका अध्यक्ष रेशम बहादुर महरा , बुटवल उपमहानगर वडा न–१ का वडाध्यक्षसमेत रहेका नरेन्द्र बस्नेतको प्रमुख आतिथ्यता र समाजका वरिष्ठ सल्लाहकार झग बहादुर डाँगी लगायतले भित्तेपात्रो केवल मिति हेर्ने साधन मात्र नभई समुदायलाई जोड्ने पुल भएको बताए ।

















