बुटवल, ३० चैत ।
शारीरिक र मानसिक स्वास्थ्यका लागि योग भन्ने नारासहित बुटवलमा फ्रि योग साधना चलाउदै आएको समुहले बुटवलको फुलबारीमा शाखा उद्घाटन गरेको छ । फ्रि योग साधना, बुटवल २ फुलबारी शाखाको सोमबार बिहान बुटवल उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुनिल शाक्यले औपचारिक उद्घाटन गर्दै स्वास्थ्य अभियानमा योग साधनाको महत्वबारे प्रकाश पारे । दैनिक एक घण्टाको ब्यायामबाट शरीर फुर्तिलो र रोगबाट मुक्त हुने वैज्ञानिक रुपमा पुष्टि भएको भन्दै यसमा सबै आवद्ध भएर पालना गर्नुपर्ने बताए ।
कार्यक्रममा जेष्ठ प्रशिक्षार्थी पदम लाल शाक्य, वडा नं. १ का वडाअध्यक्ष नरेन्द्र बस्नेत, वडा नं. ३ का वडा अध्यक्ष बिष्णु ढकाल, मणिमुकुन्द सेन उद्यान विकास समिति फुलबारीका अध्यक्ष माधब नेपाल, प्रमुख प्रशिक्षक बिष्णुमाया श्रेष्ठ, प्रशिक्षक ठग बहादुर श्रेष्ठले बिहानको थोरै समय दिदा पनि मानिसका स्वास्थ्यमा सकारात्मक प्रभाव परेको भन्दै यसलाई देशब्यापी बनाउन जरुरी रहेको बताए ।




















