Spread the love

बुटवल, २७ चैत ।
राष्ट्रिय अपाङ महासंघको २३ औ बार्षिक साधारण सभा तथा १० औ अधिवेसन नया नेतृत्व चयन नभई स्थगित भएको छ । उच्च अदालत पाटनमा राष्ट्रिय अपाङ महासंघ नेपाल बिरुद्ध अन्तरिम आदेश माग भएकोमा दुबै पक्षलाई राखी छलफल गरी निष्कर्षमा पुग्न मिति तोकिएको हुदा प्रक्रियागत रुपमा निर्वाचन रोकिएको हो । योसंगै निर्वाचन समितिले शुक्रबार साझ राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष देवीदत्त आचार्यलाई राजीनामा बुझाएको छ ।

दुबै पक्षलाई छलफलका लागि तोकिएको अदालतले बिहिबार नै पत्र पठाएको हुदा विधिवत रुपमा प्रक्रिया अघि बढाउन नमिल्ने हुदा निर्वाचनको कार्यक्रम रोकिएको निर्वाचन समितिका संयोजक शालिकराम बन्जाडेले बताए । विपक्षी राष्ट्रिय अपाङ महासंघ नेपालसँग लिखित जवाफ माग भएको र अदालतले विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हुदा त्यो टुगो लागेपछिमात्र निर्वाचन प्रक्रिया अघि बढाउन सकिने उनले बताए ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा योगीकुटीको दरबार लनमा शुक्रबार बिहान अधिवेसनमा बिबाद भएको थियो । औपचारिक कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य आउने भनिएको भएपनि उद्घाटनमा उपस्थित भएनन ।

राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष देवीदत्त आचार्यले मनोमानी गरेको, एकलौटी ढंगबाट अधिवेशन अगाडि बढाएको, विधान मिचेको, आर्थिक अनियमितता गरेको लगायतका आरोप लगाउदै एउटा समूह निरन्तर नाराबाजी गरिरहेका थिए ।

बिबादका बिचमा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घका संस्थापक अध्यक्ष भोजराज श्रेष्ठ, राष्ट्रिय अपाङ्ग महासङ्घका गण्डकी प्रदेश अध्यक्ष हेम गुरुङ तथा केन्द्रीय सदस्य सुरेन्द्र खत्री लगायत थुप्रै महिलाहरूमाथि हातपात भएको नेपाल लोकतान्त्रिक अपाङ संघका केन्द्रिय अध्यक्ष माधव चम्लागाईको दाबी छ । अधिवेसनमा देशभरबाट करीब ८ सय प्रतिनिधिसहित कुल १२ सय जनाको सहभागी रहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्