बुटवल, २७ चैत ।
राष्ट्रिय अपाङ महासंघको २३ औ बार्षीक साधारण सभा तथा १० औ अधिवेसन विवादमा परेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा शुक्रबार सुरु भएको अधिवेसनमा विधान अनुसार नया तदर्थ समिति बनाउने माग असन्तुंष्ट पक्षले राखेपछि बिबाद उत्पन्न भएको हो ।
योगीकुटीको दरबार लनमा भएको कार्यक्रममा महासंघका अध्यक्ष देविदत्त आचार्यले मनोमानी ढंगबाट अधिवेसन गराउन खोजेको असन्तुष्टले आरोप लगाएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष देवीदत्त आचार्यले मनोमानी गरेको, एकलौटी ढंगबाट अधिवेशन अगाडि बढाएको, विधान मिचेको, आर्थिक अनियमितता गरेको लगायतका आरोप लागेको छ ।
बिबादका बिचमा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घका संस्थापक अध्यक्ष भोजराज श्रेष्ठ, राष्ट्रिय अपाङ्ग महासङ्घका गण्डकी प्रदेश अध्यक्ष हेम गुरुङ तथा केन्द्रीय सदस्य सुरेन्द्र खत्री लगायत थुप्रै महिलाहरूमाथि हातपात भएको नेपाल लोकतान्त्रिक अपाङ संघका केन्द्रिय अध्यक्ष माधव चम्लागाईको दाबी छ । अदालतको आदेश बिपरित तथा विधान सम्वत अधिवेसन नभएको चम्लागाईले बताए । ‘उपाध्यक्ष, महासचिव सहित बहुमत सदस्यहरु अधिवेसनको बिरोधमा छौ ।’– उनले भने ।
औपचारिक कायैक्रम चलिरहेकै बेला नारावाजी भएको थियो । उच्च अदालत पाटनमा अधिवेसन रोक्न असन्तुष्ट पक्ष गएपनि आफु अनुकुलको निर्णय नआएपछि अधिवेसनमा बिबाद उत्पन्न गराइएको अध्यक्ष आचार्यको बताउछन । अधिवेसनमा देशभरबाट करीब ८ सय प्रतिनिधिसहित कुल १२ सय जनाको सहभागी रहेको छ ।























