बुटवल, २७ गते ।
रुपन्देही व्यापार संघको आयोजनामा एक दिने व्यवसाय व्यवस्थापन तालिम सम्पन्न भएको छ । संघ अन्तर्गतका विभिन्न वस्तुगत उपसमितिहरुलाई लक्षित गरी संघको सचिवालयमा तालिमको आयोजना गरिएको हो ।
तालिममा संघ अन्र्तगत हार्डवेयर, औषधि, क्याम्पसन, पुस्तक तथा स्टेशनरी, व्याग, जुत्ताचप्पल, कस्मेटिक तथा गिफ्ट, पोल्ट्रीजन्य, सुनचाँदी, अटोमोवाइल्स, किराना, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, महिला उद्यमी, डिलर्स, फेन्सी, गल्ला तथा खाद्यन्न, सूचना प्रविधि, कृषि, युवा उद्यमी, होजियारी, अन्तरदेशीय व्यापार समन्वय, थान कपडा, होटल तथा रेष्टुरेण्ट लगायत उपसमितिबाट प्रतिनिधिमुलक सहभागिता रहेको संघका सचिव एवं कार्यक्रम संयोजक वृन्दा भट्टराई आचार्यले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै संघका पूर्व अध्यक्ष पदमप्रसाद श्रेष्ठले वर्तमान परिस्थितिमा व्यावसाय संचालनमा व्यावहारिक ज्ञान र सिपको विकास गर्नेतर्फ ध्यान दिदै प्रतिष्पर्धात्मक व्यवसाय संचालनमा तालिम फलदायी हुने बताए ।
कार्यक्रममा संघका का.वा. अध्यक्ष दयानिधि भण्डारीले आफ्ना व्यावसायी सदस्यहरुको क्षमता अभिवृद्धिका लागि आवश्यकता अनुसार तालिम गोष्ठी, अन्तक्र्रिया प्रशिक्षणहरु आयोजना गर्दै जाने बताए । व्यवसाय व्यवस्थापन तालिमको संघका सल्लाहकार मुकुन्द ज्ञवालीले सहजीकरण गरे ।






















