काठमाडौं ।
क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत ‘पैसा’ सार्वजनिक भएको छ । उच्चस्तरीय दृश्य निर्माणसहित तयार पारिएको उक्त म्युजिक भिडियोमा प्रिति आले, बबिता धिताल र डिमिट्रीको अभिनय रहेको छ । गीतमा स्वर, शब्द तथा संगीतमात्र नभई म्युजिक भिडियोको निर्देशन समेत प्रिति आलेले गरेकी छिन ।
संगीत संयोजन राकेश सोनी, रेकर्डिङ कमल मगर, मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन् । गीत प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको भिडियोमा क्लब १६ को नाइटलाइफ अनुभवलाई आकर्षक ढंगले प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ ।
कोरियोग्राफी थम्मन तडी (टक्की) ले गरेका छन् भने छायांकन दुर्गा पौडेल र गणेश सापकोटाले गरेका छन् । भिडियो सम्पादन नवीन घर्ती मगरले गरेका हुन् । उत्पादन व्यवस्थापन राम लामाले सम्हालेका छन् भने मेकअप आर्टिस्टका रूपमा बिनिता तामाङ रहेकी छन् । पोस्ट–प्रोडक्सन एड्भेन्चर इन्टरटेनमेन्टले गरेको हो । निर्माण पक्षका अनुसार ‘पैसा’ केवल गीत मात्र नभई विशेष अनुभूति दिने प्रयासका रूपमा तयार गरिएको छ । क्लब १६ इन्टरटेनमेन्टले आगामी दिनमा पनि यस्तै नयाँ सामग्री सार्वजनिक गर्ने जनाएको छ ।



















