Spread the love

तिलोत्तमा, २५ चैत ।
वडा सञ्जाल विकास संस्था, तिलोत्तमा–१३, मड्हाले आदिवासी थारु तथा जनजातिहरुका लागि आयोजना गरेको तीन दिवसीय नेतृत्व विकास तालिम बुधवार मड्हामा सम्पन्न गरेको छ ।

समापन कार्यक्रममा वडाका वडाध्यक्ष नारायण ढकालले सहभागीहरुको सार्थक सहभागिताबाट नै कार्यक्रम प्रभावकारी रहेको बताए । आगामी दिनमा पुनर्ताजगी तालिम र क्षमता विकासका कार्यक्रम गर्न वडाबाट सक्दो वजेट व्यवस्थापन गर्ने उनले प्रतिवद्धता बताए । उनले आदिवासी थारु र जनजातिहरुको क्षमता विकासका लागि वडाले सशक्तिकरणका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउँदै संविधानले व्यवस्था गरेको समावेशी र समानुपातिक प्रणालीलाई आफूहरुले कार्यक्रममार्फत् कार्यान्वयन गर्दै आएको उल्लेख गरे ।

सहभागीहरुका तर्फबाट रत्नाकुमारी थापा, दिलमाया गुरुङ र विमला विश्वकर्माले तीन दिने तालिमबाट आफूहरुको नेतृत्व विकासमा सक्दो सहयोग पुगेको बताए । उनीहरुले सामाजिक रुपान्तरणका लागि मानवीय क्षमता अभिवृद्धि गर्ने खालका तालिम सञ्चालन भईरहनु पर्नेमा जोड दिए ।

तालिम समापनको अवसरमा संस्थाका अध्यक्ष होमबहादुर छन्त्यालले पछाडि पारिएका आदिवासी थारु र जनजातिहरुले आफ्नो नेतृत्व विकास गर्दै नेतृत्व गर्ने स्थानमा पुग्न सधैं अघि सर्नुपर्ने बताए ।

तालिममा नेतृत्व विकास,बैठक सञ्चालन, माईन्यूटलेखन, उद्यमशीलता, उद्घोषण र भाषण कलासम्बन्धि विषयवस्तुहरुमा दलबहादुर गुरुङ, गीता थापा र मन थापाले सहजीकरण गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्