बुटवल, २१ शुक्रबार ।
रुपन्देही ब्यापार संघका कार्यसमितिहरुको दक्षता अभिवृद्धि गर्ने उदेश्यका साथ डिजिटल मार्केटिङ तालिम गरिएको छ । संघको सूचना प्रविधि वस्तुगत उपसमितिको समन्वयमा शुक्रवार डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको हो ।
संघको सचिवालयमा सम्पन्न तालिमको रुपन्देही व्यापार संघका पूर्व अध्यक्ष मोतिलाल पाण्डेले एक कार्यक्रमका बिच उद्घाटन गर्दै बदँलिदो समयमा प्रविधिप्रति अभ्यस्त हुँदै अघि बढ्दा तालिम लाभदायक हुने बताए । तालिममा संघको कार्यसमितिको सहभागिता रहेको थियो ।
रूपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले व्यवसायीको व्यवसायिक उन्नतिको लागि विभिन्न क्षमता विकास तालिम आयोजना गरिएको जानकारी गराउँदै समय अनुकुल व्यवसाय प्रवद्र्धन गर्न आवश्यक भएको बताए ।
कार्यक्रममा संघका महासचिव प्रकाश पौडेल, वस्तुगत समितिको संयोजक बासुदेव शर्मा, वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारीले तालिमको उपयोगिताबारे जानकारी दिए । कार्यक्रममा ई.संजोक ज्ञवाली र श्री सिविका नेपालले सहजीकरण गरेका थिए ।



















