बुटवल, २१ चैत ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले नया वर्ष २०८२३ सालको भित्तेपात्रो बिमोचन, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं ६ का वडाअध्यक्ष लोकनाथ न्यौपाने, प्रतिष्ठानका केन्द्रिय सचिव सिता राना, पुर्व केन्द्रिय सचिव प्रचण्ड जिसि, केन्द्रिय सदस्य पुरुषोत्तम भण्डारी, प्रदेश अध्यक्ष दामोदर बश्याल, केन्द्रिय सदस्य डिल्लि नारायण पाण्डेले संयुक्त रुपमा बिमोचन गरे ।
कार्यक्रममा संस्थाका सल्लाहकारहरुलाई सम्मानपत्रबाट सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीका अध्यक्ष रितु थापाले भित्तपात्रो संस्थाको परिचयका रुपमा रहेको बताईन । रचनात्मक कामलाई संस्थाबाट निरन्तरता दिदै आएको उनले बताईन ।
कार्यक्रममा रुपन्देही जिल्ला अन्य जिल्लाभन्दा फरक र रचनात्मक गतिविधिमा अग्रसर रहेको प्रतिष्ठानका केन्द्रिय सदस्य डिल्ली नारायण पाण्डेले बताए ।
कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय सचिव सिता राना, पुर्व केन्द्रिय सचिव प्रचण्ड जिसि, केन्द्रिय सदस्य पुरुषोत्तम भण्डारी, प्रदेश अध्यक्ष दामोदर बश्याल, प्रदेशका संरक्षक डिल्लि नारायण पाण्डे, रुपन्देहीका प्रथम उपाध्यक्ष रेशम खनाल, महासचिव दिपक दर्लामी, प्रतिष्ठानका सदस्य तथा कार्यक्रम संयोजक कृष्ण घिमिरे, सल्लाहकार रिता सेनले कलाकार देशको गहना भएको भन्दै देशको गरिमालाई उचो बनाउन ठूलो योगदान रहेको बताए ।



















