Spread the love

बुटवल, १९ चैत ।
नयाँ वर्ष २०८३ को अवसर पारेर बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोस्रो मेयर कप ‘सी’ लेभल ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोगमा न्यू लुम्बिनी ब्याडमिन्टन क्लबको आयोजनामा बिहिबारदेखि शुरु भएको हो ।

शिवनगरस्थित न्यू लुम्बिनी ब्याडमिन्टन क्लबको कभर्ड हलमा दुई दिने प्रतियोगिताको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले खेलमार्फत पर्यटन प्रवद्र्धनको सम्भावना रहेको बताए ।

‘बुटवलमा निरन्तर खेल प्रतियोगिता भैरहेको छ ।’–उनले भने । खेल प्रतियोगितासंगै पूर्वाधार विकासमा समेत स्थानिय सरकारको पहल भैरहेको उनले दाबी गरे । नगरभित्रका ६ वटा फुटबल मैदानको स्तरोन्नती र क्रिकेट मैदान निमार्णलाई समेत अघि बढाएको उनले बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष बोनिन पियाले ब्याडमिन्टन खेल र खेलाडीको विकासको योजना अनुसार पूर्वाधार तयार गर्न सफल भएको बताए । क्लबका सदस्य, स्थानिय र प्रदेश सरकारको सहयोगमा पूर्वाधार तयार भएको र अब उमेर समुहका खेलाडीलाई नियमित तालिमको लागी योजना बनाएको उनले बताए । ‘छिट्टै अब प्रशिक्षणको तयारीमा छौ ।’–उनले भने ।

प्रतियोगिताको खुल्ला तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ४५ हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै भेट्रानतर्फ ३० हजार, २० हजार र १० हजार तथा सुपर भेट्रानतर्फ २० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । साथै अनुशासित, उदयमान र उत्कृष्ट खेलाडीलाई थप ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक नरेश कुमार श्रेष्ठले बताए । प्रतियोगितामा खुल्ला, भेट्रान र सुपर भेट्रान गरी तीन विधामा ६२ टिमले प्रतिस्प्रर्धा गरेको उनले बताए ।

भिडियो रिर्पोट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्